काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा रामकृष्ण निरौलालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सोही पदका लागि आवेदन दिएर पहिलो नम्बरमा सिफारिस भएका बलराम ठाकुरले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले सो आदेश दिएको हो ।
ठाकुरको पक्षबाट अधिवक्ता सुरेश कार्कीले गरेको बहसपछि इजलासले निरौलाको व्यक्तिगत विवरण हेर्दा सम्बन्धित पदको लागि योग्यता पुग्ने नदेखिएकाले तत्काल सो निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
दुवै पक्षलाई थप छलफलका लागि अदालतले मंसिर ४ गते झिकाएको छ । तेह्रथुम लालीगुराँस नगरपालिकाका राहत शिक्षक निरौलालाई सरकारले गत असोज २४ गते आवास कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार
रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश