एकदिवसीय विश्वकपमा आज श्रीलंका र बंगलादेश भिड्ने

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, ११ : १९
एकदिवसीय विश्वकपमा आज श्रीलंका र बंगलादेश भिड्ने

काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा आज श्रीलंका र बंगलादेश आमनेसामने हुँदैछन् । यी दुइ बीचको खेल दिउँसो सवा २ बजेबााट सुरु हुनेछ ।

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुने खेलमा आत्मसम्मानका लागि दुबै टिमले जित निकाल्ने रणनीति लिएका छन् । खराब प्रदर्शन गदैृ पूर्व विजेता श्रीलंका तथा टेष्ट राष्ट्र बंगलादेश दुबै उपाधि होडबाट बाहिरिसकेका छन् ।

जारी प्रतियोगितिमा खेलेका ७ मध्ये ५ मा हार र २ जित निकालेको श्रीलंका ७ औं स्थानमा रहेको छ । भने खेलेको ७ मध्ये एकमा मात्रै जित हात पारेको बंगलादेश नवौं स्थानमा रहेको छ ।

बंगलादेश आधिकारीक रुपमै उपाधि होडबाट बाहिरिइसकेको छ भने श्रीलंकाको अगाडि बढ्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी छ । जारी विश्वकपमा यी दुबै टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस