जुवातास खेलिरहेका २१ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, ०७ : ०४
जुवातास खेलिरहेका २१ जना पक्राउ

काठमाडौं । विभिन्न स्थानबाट जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् ।

गोकर्णेश्वतर नगरपालिका ६ नयाँबस्ती डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका ३ की डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पालगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । नगद ५४ हजार ७५० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।  

भक्तपुर नगरपालिका ३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका ९ का २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नगद २५ हजार ६५५ रुपैयाँसहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका ४ मानवअधिकार चोकबाट स्याङ्जा वालिङ ३ का ३२ वर्षीय यमबहादुर गुरुङले सञ्चालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नगद ४६ हजार ९७५ रुपैयाँसहति पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस