उपमेयर सिंहलाई राष्ट्रिय झन्डा ओढाएर उपप्रधानमन्त्री खड्काले गरे अन्तिम बिदाइ

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, १५ : ३२
उपमेयर सिंहलाई राष्ट्रिय झन्डा ओढाएर उपप्रधानमन्त्री खड्काले गरे अन्तिम बिदाइ

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उपमेयर सरिता सिंहलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरेका छन् । नलगाढ नगरपालिका भरीका स्थानीयहरू उपमेयर सिंहसहितलाई अन्तिम श्रद्धाञ्जली दिन त्रिवेणीमा भेला भएका थिए।

भूकम्प जाँदा उपमेयर जिल्ला सदरमुकाम खलङ्गा थिइन्। उनले त्यहीँ ज्यान गुमाइन्। श्रद्धाञ्जली र दाहसंस्कारका लागि सिंहलाई नलगाढ ल्याइएको थियो। वडाध्यक्ष पन्तका अनुसार भूकम्पमा मृत्यु भएका पालिकाका ५५ जनाकै दाहसंस्कार गरिएको छ।

श्रद्धाञ्जली कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प पीडितहरूको उपचार, राहत र पुनर्स्थापना सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एक दिनमा घाइतेहरूलाई उद्धार गर्न आफूहरू सफल भएको बताउँदै आइतबारदेखि राहत सामाग्री वितरणको काम सुरु गरिएको बताए।

उपप्रधानमन्त्री खड्काले राहत लगत्तै पुन निर्माणको काममा आफूहरू लाग्ने बताए। उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगन्ज र काठमाडौँमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिइएको बताए।

प्रतिक्रिया दिनुहोस