काठमाडौं। सरकारले भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा ५ दिन निःशुल्क उपलब्ध गराउने भएको छ ।भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका क्षेत्रमा ५ दिनसम्म निःशुल्क भ्वाइसकल र एसएमएसको सुविधाका साथै सिम कार्ड उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।
सञ्चारमन्त्री रेखा शर्मासँगको छलफलपछि टेलिकमले प्रभावित क्षेत्रमा पाँच दिनसम्म कम्पनीका सेवा निःशुल्क गर्ने भएको हो ।साथै, टेलिकमले पाँच दिनसम्म भ्वाइस र एसएमएससहित सिमकार्ड पनि निःशुल्क वितरण गर्ने जनाएको छ ।
यस्ता निःशुल्क सिमकार्ड कम्पनीका सुर्खेत, रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका कार्यालयबाट प्राप्त हुने जनाइएको छ ।
उद्धार क्षेत्रमा सूचना आदानप्रदानको लागि टेलिकमले आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराउने जानकारी टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प