काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन् ।
स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी पनि दिए ।
उनले भने, ‘त्यहीँ उपचार गर्नुपर्ने घाइतेहरूको उपचार त्यही गर्छौं, त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौं । उपचारमा कुनै कमी हुने छैन ।
मन्त्री बस्नेतले प्राकृतिक विपत्तिका बेला सरकारले उपचारमा कुनै कमी हुन नदिने जानकारी दिए ।उनले जाजरकोट र रुकुमका घाइतेको अवस्था हेरेर उपचारका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरूसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प