रुकुम पश्चिम । गएरातिको शक्तिशाली भूकम्पमा परेर रुकुम पश्चिममा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । सो कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ । मृतकमा ४ महिला र ६ पुरुष छन् ।
सानीभेरीमा मृत्यु हुनेमा वडा नम्बर २ को परियार टोल बस्ने १२ वर्षीय मनिषा परियार, वडा नम्बर १ चाइना बगर बस्ने ३१ वर्षीय धनवीर पुन, २८ वर्षीय चुम्निमा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिनाका बालक रेजन वली र ४ वर्षीय सरस्वती विक छन् ।
यस्तै, वडा नम्बर ४ बस्ने ८ वर्षीय निर्जल चन्द, २५ वर्षीय सकुन्तला दमाई, ६ वर्षीय कृष्ण परियारको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का