काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ दिने भएको छ।
संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत् यो रकम सरकारको राहत कोषमा उपलब्ध गराइने अध्यक्ष डा. बद्री केसी तथा महासचिव गौरीराज जोशीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
यस कठिन घडीमा गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुननिर्माणमा सदाझैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघले पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल