काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ दिने भएको छ।
संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत् यो रकम सरकारको राहत कोषमा उपलब्ध गराइने अध्यक्ष डा. बद्री केसी तथा महासचिव गौरीराज जोशीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
यस कठिन घडीमा गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुननिर्माणमा सदाझैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघले पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?