यी हुन् मन्त्रिपरिषद्का १८ निर्णयहरु

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १६ : १९
यी हुन् मन्त्रिपरिषद्का १८ निर्णयहरु

काठमाडौँ । सरकारले मङसिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकराकी प्रवक्ता तथा सूचना सञ्चार एवं प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । त्यस्तै बैठकले चीनको सांघाईमा सञ्चालन हुने छैटौ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय समेत भएको प्रवक्ता शर्माले जानकारी दिईन् ।