काठमाडौँ । सरकारले मङसिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकराकी प्रवक्ता तथा सूचना सञ्चार एवं प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । त्यस्तै बैठकले चीनको सांघाईमा सञ्चालन हुने छैटौ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने निर्णय समेत भएको प्रवक्ता शर्माले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत