काठमाडौं । नेपाल १० वर्षपछि आईसीसी टी २० विश्वकपमा छनोट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान रहेको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘टी २० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु ।’
उनले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै साथमा रहने प्रतिवद्धता जनाएका छन् । नेपाल एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै विश्वकपमा स्थान बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड