राजस्व अनुसन्धान कार्यालयद्वारा १५ लाख बराबरको अवैध सामान बरामद

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १४ : १३
राजस्व अनुसन्धान कार्यालयद्वारा १५ लाख बराबरको अवैध सामान बरामद

बुटवल । राजस्व  अनुसन्धान  कार्यालय बुटवलले  रुपन्देहीको  छपियाबाट  १५ लाख बरावरको  अवैध समान बरामद गरेको छ ।  कार्यालयबाट गस्तीमा गएको टोलीले  अवैध कपडा र  चकलेट गरी  १५ लाख  ४१  हजार  समान बरामद गरेको हो।

शुद्धोदन गाउँपालिका भलापुरमा भन्सार छली  गरेर  ल्याउँदै गरेको ८ लाख  १८ हजार  कपडा र सियारी गाउँपालिको छपियाका  प्रेम थापाले भाडामा दिएको घर खानतलासी गर्दा  ७ लाख २३ हजार बारबारको  विदेशी चकलेट बरामद भएको  कार्यालयको भनाइ छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलले दुवै घटनाबारे कानुनी  प्रक्रिया अगाडि बढाएको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस