राजधानीको भोटेबहालबाट ६ लाख बराबरको धनमाल चोरी

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १४ : ०८
राजधानीको भोटेबहालबाट ६ लाख बराबरको धनमाल चोरी

काठमाडौं । काठमाडौंको भोटेबहालबाट ६ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका–१२ भोटेवहाल डेरा गरी बस्ने म्याग्दी घर भएका ४९ वर्षीय चक्र बहादुर तुलाचनको कोठाबाट धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

 

डेरामा कोही नभएको अवस्थामा ताल्चा फुटाई विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २ लाख ७० हजार रूपैयाँ समेत गरी करिब ६ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।बिहीबार दिउँसो भएको सो चोरीमा संलग्न आरोपीतहरु फरार छन् । उनिहरुको खोजी भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस