बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको छपियावाट १५ लाख बरावरको अवैध समान बरामद गरेको छ । कार्यालयबाट गस्तीमा गएको टोलीले अवैध कपडा र चकलेट गरी १५ लाख ४१ हजार समान बरामद गरेको हो।
शुद्धोदन गाउँपालिका भलापुरमा भन्सार छली गरेर ल्याउँदै गरेको ८ लाख १८ हजार कपडा र सियारी गाउँपालिको छपियाका प्रेम थापाले भाडामा दिएको घर खानतलासी गर्दा ७ लाख २३ हजार बारबारको विदेशी चकलेट बरामद भएको कार्यालयको भनाइ छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले दुवै घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १४ : ०१
लेखकबाट थप