टी-२० विश्वकप छनोट

सन्दीप लामिछानेले लिए यूएईको छैटौं विकेट

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १२ : ३८
सन्दीप लामिछानेले लिए यूएईको छैटौं विकेट

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो छैठोँ विकेट गुमाएको छ । 

यूएईको छैठौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिए । उनले यूएईका ब्याट्सम्यान बासिल हमिदलाई एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । सन्दीपले उनलाई गुल्सन झाद्वारा क्याच गराएका थिए । उनले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट हो । उनी आउट हुँदा यूएईले १७.१ ओभरमा एक सय १८ रन बनाएको छ ।