काठमाडौं। तिहार पर्वका अवसरमा नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्ने भएको छ ।कात्तिक १९ देखि २४ गतेसम्म ५ दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बिक्री गरिने बैंकले बुधवार एक सूचना जारी गर्दै जनाएको छ ।
सुनका असर्फी र चाँदीका सिक्का प्रतिव्यक्ति बढीमा एक–एक सेट बिक्रीको प्रबन्ध मिलाइएको जनाइएको छ ।उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने बैंकले बताएको छ ।
यस वर्षको तिहार कात्तिक २५ गते शुरू हुनेछ । २९ गते भाइटीका छ । बैंकले तिहारअघि नै सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो