एमाले अध्यक्ष ओलीको निमन्त्रणा मान्न नेकपा एसका अध्यक्ष र महासचिव नजाने

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, १४ : ००
एमाले अध्यक्ष ओलीको निमन्त्रणा मान्न नेकपा एसका अध्यक्ष र महासचिव नजाने

काठमाडौँ ।नेकपा एमालेले दसैँ-तिहारको अवसरमा आयोजना गरेको चियापानमा कार्याक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल नजाने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चियापानमा कार्याक्रममा सो पार्टीबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका प्रमुख नेताहरू अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव भुसाललगायत थुप्रै नेताहरूलाई पत्रमार्फत् निमन्त्रणा गरेका हुन् ।

तर, नेकपा एसका अध्यक्ष र महासचिव एमालेको चियापनमा उपस्थित नहुने भएका हुन्।स्रोतका अनुसार अध्यक्ष नेपाल र खनाललाई पूर्वप्रधानमन्त्री भनेर मात्र सम्बोधन गरिएको छ र पार्टी स्रोतले भने दुवै नेता उपत्यका बाहिर रहने भएकाले चियापानमा उपस्थित हुन नसक्ने बतायो ।

माधव नेपाल कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आयोजना गरेको चियापानको निम्तो मान्न भने च्यासल पुगेका थिए ।

‘अध्यक्ष नेपाल आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा भाग लिन रौतहट जाने पूर्वनिर्वाधित थियो । महासचिव पनि रुपन्देहीमा हुनुहुन्छ । अध्यक्ष र महासचिव नभएकाले यस विषयमा पार्टीको औपचारिक धारणा पनि बनेको छैन । अरु नेताहरूले आफ्नो स्वविवेकले निर्णय लिनुहोला,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस