काठमाडौं। बडा दशैं, तिहार, नेपाल संवत् र छठको अवसरमा नेकपा एमालेले बुधवार चियापान कार्यक्रम आयोजना गरेको छ ।दिउँसो साढे २ बजेबाट शुरू हुने चियापानको सबै तयारी पूरा भएको नेताहरूले जनाएका छन् ।
चियापानमा उपस्थितको लागि पातको दुनामा नमकिन, कटलेट, लड्डु र केरा राखिएको छ । यस्तै कालो र दूध राखेको चिया पनि राखिएको छ । विशिष्ट पाहुनाहरूको लागि भने उस्तै परिकार प्लेटमा दिने व्यवस्था गरिएको छ ।
चियापानको व्यवस्थापन अर्पण ब्याङक्वेटलाई दिइएको छ ।कांग्रेसको चियापानमा समोसा र जेरी राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १२ : ५६
लेखकबाट थप