सर्राफ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, ११ : ४०
सर्राफ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै

बारा । कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या प्रकरणमा भइरहेको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

सर्राफको सोमबार दिउँसो गोली हानी हत्या भएको थियो । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेपनि उनीहरुको विस्तृत विवरण खुलाएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सर्राफ परस्त्रीसँगको सम्बन्धमा रहेका थिए । सोही कारण उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस