महासचिव गुटरेस र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

सफल खबर संवाददाता

मंगलबार, १४ कार्तिक २०८०, १५ : ३८
महासचिव गुटरेस र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा सम्बोधन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

मंगलबार गुटेरेस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारस्थित कार्यकक्षमा भेटवार्ता भएको हो ।भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन लगायतका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस