काठमाडौँ । बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए । उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो ।
हत्यामा संलग्न आरोपमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतले बताए । पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती सहित ७ जना छन् । परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले बताए ।अहिले प्रहरीको नियन्त्रणमा रहेकी सर्राफकी प्रेमिका अर्कोतिर पनि प्रेममा थिइन् ।
दुईतिरको प्रेम सम्बन्धका कारण प्रेमिका कै योजनामा सर्राफको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गत साउनमा बाराकै एक होटेलमा सर्राफको हत्या प्रयास गरिएको थियो । बाराका एसपी सुरेश काफ्लेका अनुसार सर्राफ दोस्रो प्रयासमा मारिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
४ लाखसहित ३ क्रिप्टो कारोबारी पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
ठमेलबाट सुनसहित २ चिनियाँ नागरिक पक्राउ
हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ