काठमाडौँ । बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाको लुङ्ग्री गाउँपालिका–६ बाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुङ्ग्री गाउँपालिका स्थित गुम्चाल घर भएका २८ वर्षीय नुम बहादुर रोका छन् ।
नुमबहारले २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । रोकाले पीडित किशोरीलाई लुङग्री गाउँपालिका–६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरेर फरार भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय सुलिचौरले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ