काठमाडौँ । बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाको लुङ्ग्री गाउँपालिका–६ बाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुङ्ग्री गाउँपालिका स्थित गुम्चाल घर भएका २८ वर्षीय नुम बहादुर रोका छन् ।
नुमबहारले २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । रोकाले पीडित किशोरीलाई लुङग्री गाउँपालिका–६ बेरी साउनेपानीमा आइतबार राति जबरजस्ती करणी गरेर फरार भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय सुलिचौर र प्रहरी चौकी झिलाङनिलेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय सुलिचौरले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ कार्तिक २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ