काठमाडौं। नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरामा भव्य स्वागत गरिएको छ ।अन्नपूर्ण बेसक्याम्पतर्फ प्रस्थान गर्ने क्रममा सोमवार दिउँसो पोखरा पुगेका महासचिव गुटेरेसलाई भव्य स्वागत गरिएको हो ।
महासचिव गुटेरेस नेपाली पहिचान झल्किने ढाका टोपी लगाएर पोखरा विमानस्थलमा ओर्लिएका थिए ।त्यहाँ उनलाई महिलाहरूद्वारा बजाइएको पञ्जेबाजा र स्थानीय पहिचान झल्कने परम्परागत नृत्यद्वारा स्वागत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, १६ : ०७
लेखकबाट थप