एकीकृत समाजवादीका नेता दलबहादुर एमालेमा प्रवेश

सफल खबर संवाददाता

सोमबार, १३ कार्तिक २०८०, १६ : ०२
एकीकृत समाजवादीका नेता दलबहादुर एमालेमा प्रवेश

पोखरा । नेकपा एकीकृत समाजवादी सल्लाहाकार समिति सदस्य दलबहादुर गुरुङ एमालेमा प्रवेश गरेका छन् । पोखरामा आयोजित एमाले गण्डकीको शपथ ग्रहण कार्यक्रममा गुरुङ अध्यक्ष केपी ओलीको हातबाट खादा लगाएर पार्टी प्रवेश गरेका हुन् ।

यस्तै, जिल्ला सचिवालय सदस्य बाबुराम भण्डारी, जिल्ला सदस्य पदम गुरुङ, असिम गुरुङ,  प्रताप गुरुङ, माछापुच्छ्रे उपाध्यक्ष कृष्ण गुरुङ लगायत ८५ जना पार्टी प्रवेश गरेका एमाले गण्डकीका सचिव धनन्जय दवाडीले जानकारी दिए । 

 

पार्टी प्रवेशपछि गुरुङले एमालेबाटै देशको संकट समाधान हुने भएर एमाले प्रवेश गरेको बताए ।‘नेपाल संकटमा छ । यो बेला संकट मुक्त गर्न एमालेले मात्रै सम्भव छ भनेर म प्रवेश गरेँ,’ उनले भने, ‘मिसन २०८४ मा म जिम्मेवार भएर लाग्नेछु ।

सबै ठाउँमा बहुमतले जिताउने छु ।’समाजवादीका अन्यलाई पनि प्रवेश गराउने उनले बताए । उनले आफू मूल घरमा प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस