दसैँका बेला सर्वसाधारण यात्रु चार गुणाले ठगिए : सांसद पौडेल

सफल खबर संवाददाता

सोमबार, १३ कार्तिक २०८०, १२ : ४१
दसैँका बेला सर्वसाधारण यात्रु चार गुणाले ठगिए : सांसद पौडेल

काठमाडौँ । प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम योपटक पनि रोक्न नसकेको आरोप लगाएका छन् ।

सोमबार बसेको भौतिक पूर्वाधार विकास समितिको दसैँ समीक्षा बैठकमा बोल्दै सांसद पौडेलले यो पटक पनि सर्वसाधारण यात्रु चार गुणाले ठगिएको दाबी गरे ।‘सर्वसाधारण यात्रु सार्वजनिक यातायातबाट भाडामा चार गुणाले ठगिएका छन् ।

यसको कयौं प्रमाण मसँग छ’ दसैँको सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने मन्त्री ज्वालाको भनाइ खण्डन गर्दै पौडेलले आक्रोश पोखे ।‘सवारी भाडामा प्रायः सबै यात्रुहरु ठगिएका छन् । र पनि सरकार केही भएन भनिरहेको छ । खै ! बदमास एउटै यातायात व्यवसायीलाई कारबाही गर्नुभयो ? गर्न सक्नुभयो ?’ उनले थप आक्रोश पोखे ।

सडकहरुको दुराअवस्था, यातायात व्यवसायीहरुको मनलाग्दी र सरकारको बेवास्ताका कारण यो वर्ष पनि दसैँको सार्वजनिक यातायात सहज र सुलभ हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस