काठमाडौ । घरेलु टोली नेपालले सोमबार सिंगापुरसँग भिड्दै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल आज बिहान ९ बजे सुरु हुनेछ।
उपाधिको दाबेदार मानिएको नेपाल सिंगापुरलाई हराउँदै टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्न चाहान्छ।
यसअघि घरेलु मैदानमा नै भएको त्रिकोणात्मक सिरिजमा टोली बाहिर रहेका लेग स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किएका छन्। सन्दीप टोलीमा फर्कदा सन्दीप जोरा र ललित राजवंशी मध्य एक टोली बाहिर रहनेछन्।
यसअघि भएको त्रिकोणात्मक टी–२० आई सिरिजबाट स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र लोकेश बम बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकप : न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
आईसीसी टी–२० विश्वकपमा आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
आईसीसी टी–२० विश्वकपमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित