काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने कात्र्तिक १४ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।
बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १३ अर्ब र तीन सय ६४ दिने अवधिको एक अर्ब ५६ करोड रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० मंसिर १२ गते, २०८० माघ १६ गते, २०८१ जेठ १८ गते र २०८१ कात्र्तिक १३ गते तोकिएका छन् ।
यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही कात्र्तिक तीन गते पनि राष्ट्र बैकले १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट