काठमाडौँ । चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालको आयात १.६९ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८०÷८१ को साउनदेखि असोज महिनासम्मको अवधिमा आयात १.६९ प्रतिशतले बढेको हो ।
आयातमा आएको सामान्य वृद्धिसँगै ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँको आयात भएको थियो ।यस्तै, नेपालको निर्यात भने अझै ऋणात्मक स्थितिमा देखिएको छ । तीन महिनाको अवधिमा निर्यात २.२६ प्रतिशतले खुम्चिएको छ ।
यस अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको निर्यात भएको छ । गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो ।निर्यात खुम्चिए पनि आयात बढ्दा समग्र वैदेशिक व्यापारमा भने १.३१ प्रतिशतको वृद्धि आएको छ ।
यस अवधिमा नेपालको वैदेशिक व्यापार ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत वर्षको यही अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।
साउनदेखि असोज महिनासम्मको अवधिमा व्यापार घाटा २.१५ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ छ । जुन, गत वर्षको सोही अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
सुपारी, केराउ र मरीचको आयात खुला