भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भएका छन्। राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको पूजा अर्चना गरी टीका तथा प्रसाद ग्रहण गरे। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेका हुन्। यसअघि राष्ट्रपतीय व्यवस्थाभन्दा अघि राष्ट्रप्रमुखका रुपमा राजा आउने चलन थियो।
राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका बनमालाहरुले नवदुर्गाको पूजा एवं दर्शन गराएका थिए। राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए।उनले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूल माला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरे। नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उनले दक्षिणासमेत प्रदान गरे। राष्ट्रपतिलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल माला तथा प्रसाद प्रदान गरेका थिए।
राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा भक्तपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद किरण थापालगायतका प्रदेश सांसदहरु तथा नगरपालिकाका प्रमुख तथा उप-प्रमुहरु स्वागतमा बसेका थिए। साथै प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका विशिष्ट व्यक्तित्वहरू, समाजसेवी तथा मन्दिरसँग सम्बन्धित विभिन्न व्यक्तिहरू पनि स्वागतका लागि बसेका थिए।
पूर्णिमासँगै शनिबारदेखि यो वर्षको दसैँ समाप्त भएको छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दसैँ समापन हुन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक दायारमा रहेर अहिलेको विषम परिस्थितीमा मुलुकलाई कसरी निकास दिन सकिन्छ भन्ने प्रयासमा छु : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
‘नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्’ : राष्ट्रपति पौडेल
आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउँछ: राष्ट्रपति पौडेल
‘साहित्य, कला, संगीत देशको पहिचान र आत्मा हो’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता