काठमाडौं। नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिरहेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भएका छन् ।प्रचण्डसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।
चियापानमा नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओली यसअघि नै उपस्थित भइसकेका छन् ।प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीसँगै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायत समेत चियापानमा सहभागी भएका छन् ।
शनिवार दिउँसो साढे १ बजेतिर शुरू भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक