प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको भ्रमण टोली चीन प्रस्थान​

सफल खबर संवाददाता

शनिबार, ११ कार्तिक २०८०, १२ : ०४
प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको भ्रमण टोली चीन प्रस्थान​

काठमाडौं। सर्वाेच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।यही कात्तिक १५ देखि १७ गतेसम्म चीनको सर्वाेच्च अदालतको औपचारिक भ्रमणका लागि श्रेष्ठ नेतृत्वको टोली शनिवार त्यसतर्फ प्रस्थान गरेको हो ।

भ्रमणका क्रममा चीनका प्रधानन्यायाधीश तथा अदालतका उच्च अधिकारीहरूसँग औपचारिक भेटघाट एवं कानून र न्याय प्रणालीसँग सम्बन्धित आपसी सहयोगका क्षेत्रहरूमा छलफल हुनेछ ।

 

भ्रमण दलमा प्रधानन्यायाधीशकी धर्मपत्नी रोशनी अमात्य श्रेष्ठ, सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र उनकी धर्मपत्नी पुष्पा भट्टराई, मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र शाखा अधिकृत नवीनकुमार यादव संलग्न छन् ।

श्रेष्ठ नेतृत्वको भ्रमण टोली यही कात्तिक १७ गते स्वदेश फिर्ता हुनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस