काठमाडौँ । आज शनिवार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको १५ रुपैयाँले बढेको हो । तोलामा १ हजार रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम छ । हिजो शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।
दसैँ बिदायता पहिलोपटक खुलेको सुनचाँदीको बजारमा हिजो ५०० रुपैयाँले बढेको थियो । अन्तिम पटक नेपाली बजारमा कात्तिक ३ गते सुनचाँदीको कारोबार भएको थियो । त्यसयता हिजो कात्तिक १० गते बजार खुलेको हो ।
यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले वृद्धि आएको छ । महासङ्घका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...