काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि कात्तिक ३ गते तोलामा एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कायम भएको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य तोलामा ११ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सरकारसँग ६ बुँदे सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी