काठमाडौं । दशैंमा घर फर्किनेको भिड विमान स्थलहरुमा पनि बढेको छ । दशैंका लागि काठमाडौंबाट केहि दिनका लागि बाहिरिएका काठमाडौं उपत्यकामा हिजोदेखि भित्रिनेको संख्या बढेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज मात्र आन्तरिकतर्फ २ सय ६९ वटा उडान भएका छन् । सामान्य अवस्थामा २ सय ४० वटा हुने गरेका थिए । सबैभन्दा बढी उडान पोखरा र विराटनगरबाट काठमाडौंका लागि भएका छन् ।
वायुसेवा प्रदायक संस्थाहरुले यात्रुको चापलाई मध्यनजर गरी अहिले उडान थप गरेका हुन् । एउटा मात्र धावन मार्ग हुँदा विहान र बेलुका हवाई चाप धान्नै कठीन भएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने