सुनसरी । चोरीमा संलग्न भएको आरोपमा प्रहरीले सुनसरीबाट नौ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय इटहरीले चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
दसैँको समयमा विभिन्न मितिमा उनीहरुले साइकलसहितका घरायसी सामान चोरी गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ