काठमाडौं । इजरायली सेनाले सिरियाको दक्षिणी प्रान्त दारामा आक्रमण गरेको छ । आक्रमणमा आठ सिरियाली सैनिकको मृत्यु भएको छ । सात सिरियाली सैनिक घाइते छन् ।
सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्थानीय समयानुसार बुधबार राति १ बजेर ४५ मिनेटमा इजरायलबाट आक्रमण गरिएको जनाएको छ ।
इजरायलको सेनाले सिरियाली सैन्य इलाकामा आक्रमण गरिएको पुष्टि गरेको छ । सिरियाबाट सीमापार रकेट प्रहार गरिएपछि जवाफी कारबाही गरिएको इजरायली सेनाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ कार्तिक २०८०, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु
इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता
गाजामा हजारौँ भवन ध्वस्त पार्दै इजरायल