काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज तीनवटा प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। तीनवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना छ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। तीनवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ कार्तिक २०८०, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो