काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले दसैँ, तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गरेका छन् ।
मुलुकको विकास तथा न्यायपूर्ण समाज बनाउन चाडपर्वबाट महत्त्वपूर्ण आधार प्राप्त हुने भन्दै दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
उनले सन्देशमा भनेका छन्, ‘सांस्कृतिक धरोहर र वैभवको रूपमा रहेका यी चाडपर्वहरूमा अन्तर्निहित भावना र सन्देशबाट मुलुकको विकास, समृद्धि, सुशासन तथा न्यायपूर्ण समाजको स्थापनाको लागिसमेत महत्त्वपूर्ण आधार प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।”
उनले २०८० सालको विजयादशमी, शुभ-दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका चाडपर्वहरूको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्याय क्षेत्रका समस्या साझा चुनौती बन्नुपर्छ : प्रधान न्यायाधीश श्रेष्ठ