यसपटक खसी बोकाको व्यापार कम

सफल खबर संवाददाता

आइतबार, ०५ कार्तिक २०८०, १४ : १९
यसपटक खसी बोकाको व्यापार कम

काठमाडौँ । विगतको तुलनामा यस पटक खसी बोका व्यापार कम भएको व्यापारीहरूले बताएका छन्।

हिन्दुहरूको महान् चाड विजया दशमीको अवसरमा विभिन्न जिल्लाहरूबाट खसी बोका ल्याए पनि व्यापार भने उल्लेख्य नभएको गुनासो गरेका हुन्।

उनीहरूले दुर्गम जिल्लाहरूबाट खसी बोका किनेर नल्याउँदा काठमाडौँ उपत्यकामा खसी बोका महँगो परेको बताएका छन् । उनीहरूले सरकारले काठमाडौँ भित्रिने नै खसी बोका किनेको र दुर्गम जिल्लाहरूबाट नल्याएकाले महँगो पर्न गएको उनीहरूको भनाइ छ।

एक सर्वसाधारणले काठमाडौँ आउने निश्चित खसी बोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महँगो परेको बताए।

त्यस्तै पशुचौपाया खरिद बिक्री सङ्घका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रै बिक्री भइरहेको बताए। उनले मानिसहरूसँग पैसा कमी भएकाले दसैँमा चहलपहल नभएको र अरु बेलाको जस्तै मूल्य रहेको बताए। यस वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसी बोकाहरू प्रशस्त रहेको बताए।

उनीहरूले रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लाबाट खसी बोका काठमाडौँ आएको छन । 

प्रतिक्रिया दिनुहोस