आइपियुमा भाग लिन अध्यक्ष तिमिल्सिना नेतृत्वको टोली अङ्गोला जाँदै

सफल खबर संवाददाता

शनिबार, ०४ कार्तिक २०८०, २० : ४४
आइपियुमा भाग लिन अध्यक्ष तिमिल्सिना नेतृत्वको टोली अङ्गोला जाँदै

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अफ्रिकी मुलुक अङ्गोलाको लुवान्डामा यही कात्तिक ६ देखि १० गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४७ औँ महासभामा भाग लिने नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्दै छन् ।

महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद्का तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए । प्रतिनिधिमण्डलमा राष्ट्रियसभाका सदस्यद्वय जीतेन्द्रनारायण देव र कुमार दसौँदी, प्रतिनिधिसभाका सदस्य रुपासोसी चौधरी र सन्तोष परियार सङ्घीय संसद्का महासचिव भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत छन् ।

 

प्रतिक्रिया दिनुहोस