महाेत्तरी । बर्दिवास साना सहरी सरसफाइ तथा खानेपानी संस्थानले उपभोक्ताहरुलाई एक महिनाको लागी पानी उपहार दिने भएको छ ।
चाडपर्वको अवसर पारेर महिनाभरी नि:शुल्क पानी उपलब्ध गराउने घोषणा गरेको हो ।
उपभोक्तासँग उठाएको १ महिनाको पैसा उपभोक्तालाई पानी नि:शुल्क प्रदान गरेर फिर्ता गरिएको खानेपानी संस्थानका अध्यक्ष भुलन सेनले जानकारी दिए ।
कात्तिक ५ गते देखि मंसिर ५ गतेसम्म लागु हुने गरि त्यस्को व्यवस्थापन मिलाईएको छ । दशै, तिहार र छठ पर्वलाई मध्यनजर गरि नि:शुल्क पानी दिने योजनाअनुसार यो घोषणा गरिएको कोषाध्यक्ष शंकर फुयाँलले बताए ।
नि:शुल्क पानी पाईयो भन्दैमा त्यस्को दुरुपयोग नगर्न भने खानेपानी संस्थानले सचेत गराएको छ तर निर्धारित समयावधि भित्र निर्धक्क भएर पानीको उपभोग गर्न सकिने उपभोक्ता समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने
३९ लाख खर्चेर लुक्सीपारमा खानेपानी आयोजना निर्माण
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सिमकोटमा खानेपानीको समस्या
उपत्यकामा खानेपानी वितरण गर्न बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
कलुवापुरमा खानेपानी समस्या हट्यो