काठमाडौं । दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ४.०५ अंकले गिरावट हुँदा १९०३.८४ को विन्दुमा बन्द भएको हो ।
नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गर्दा बुधबार ४३ अंकको उच्च वृद्धि भएको नेप्से बिहीबार भने करेक्सन भएको हो ।बजारलाई लिड गर्ने बैंकिङसहित लगानी र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।
बिहीबार बैंकिङ उपसूचक ०.०९ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३६ प्रतिशतले बढेर बन्द भएको छ ।हाइड्रोपावर उपसूचकमा सर्वाधिक ०.९६ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.९० प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । बुधबार ९३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर ९७ करोड ६ लाख पुगेको छ । २५ हजार ५२० वटा कारोबारमा ३७ लाख ६६ हजार १५३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
बिहीबार नबिल बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड ९० लाखको कारोबार हुँदा प्रभु बैंकको संस्थापक सेयर पनि ५ करोड १५ लाख ३७ हजार ६०० कारोबार भएको छ ।
यस्तै नबिल बैंकको ३ करोड ९१ लाख र घलेम्दी हाइड्रोपावरको २ करोड ८१ लाखको कारोबार भएको छ । बिहीबार नेप्सेमा कुल २३६ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १५० कम्पनीको सेयरमूल्य घट्दा ८० कम्पनीको बढेको छ । ६ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य सर्वाधिक ५.८७ प्रतिशतले वृद्धि हुँदा बीपीडब्लु लघुवित्तको सेयरमूल्य ४.७६ प्रतिशतले बढेको छ ।
अपर सोलु हाइड्रोइलेक्ट्री कम्पनीको सेयरमूल्य ८.२५ प्रतिशतले गिरावट हुँदा इन्फिनिटी लघुवित्तको सेयरमूल्य ६.७३ प्रतिशत र आशा लघुवित्तको सेयरमूल्य ६.६१ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार