काठमाडौं । दशैं अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ४.०५ अंकले गिरावट हुँदा १९०३.८४ को विन्दुमा बन्द भएको हो ।
नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गर्दा बुधबार ४३ अंकको उच्च वृद्धि भएको नेप्से बिहीबार भने करेक्सन भएको हो ।बजारलाई लिड गर्ने बैंकिङसहित लगानी र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।
बिहीबार बैंकिङ उपसूचक ०.०९ प्रतिशत, लगानी उपसूचक ०.१७ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३६ प्रतिशतले बढेर बन्द भएको छ ।हाइड्रोपावर उपसूचकमा सर्वाधिक ०.९६ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक ०.९० प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने बुधबारको तुलनामा केही बढेको छ । बुधबार ९३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर ९७ करोड ६ लाख पुगेको छ । २५ हजार ५२० वटा कारोबारमा ३७ लाख ६६ हजार १५३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
बिहीबार नबिल बैंकको संस्थापक सेयर सर्वाधिक ५ करोड ९० लाखको कारोबार हुँदा प्रभु बैंकको संस्थापक सेयर पनि ५ करोड १५ लाख ३७ हजार ६०० कारोबार भएको छ ।
यस्तै नबिल बैंकको ३ करोड ९१ लाख र घलेम्दी हाइड्रोपावरको २ करोड ८१ लाखको कारोबार भएको छ । बिहीबार नेप्सेमा कुल २३६ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १५० कम्पनीको सेयरमूल्य घट्दा ८० कम्पनीको बढेको छ । ६ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य सर्वाधिक ५.८७ प्रतिशतले वृद्धि हुँदा बीपीडब्लु लघुवित्तको सेयरमूल्य ४.७६ प्रतिशतले बढेको छ ।
अपर सोलु हाइड्रोइलेक्ट्री कम्पनीको सेयरमूल्य ८.२५ प्रतिशतले गिरावट हुँदा इन्फिनिटी लघुवित्तको सेयरमूल्य ६.७३ प्रतिशत र आशा लघुवित्तको सेयरमूल्य ६.६१ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार