देवयानी इन्टरनेशनलले विराटनगरमा सञ्चालनमा ल्यायो पहिलो केएफसी र पिज्जा हट

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १३ : ३२
देवयानी इन्टरनेशनलले विराटनगरमा सञ्चालनमा ल्यायो पहिलो केएफसी र पिज्जा हट

काठमाडौं। देवयानी इन्टरनेशनल नेपाल प्रालिले विराटनगरमा केएफसी र पिज्जा हट सञ्चालनमा ल्याएको छ । यो विराटनगरको पहिलो र नेपालको १७ औं केएफसी रहेको कम्पनीले जनाएको छ ।​

 

देवयानी इन्टरनेशनल नेपालमा यी रेस्टुरेन्टहरूको लागि इजाजतपत्र प्राप्त फ्रान्चाइजी हो ।विराटनगरको द सेन्चुरियन मलमा अवस्थित नयाँ रेस्टुरेन्टहरूले स्वाद र भोजनको अनुभवलाई अझ यादगर बनाउने कम्पनीको विश्वास छ ।हट एण्ड क्रिस्पी चिकनदेखि लिएर स्वादिष्ट चिकन पपकर्न, चिकेन स्ट्रिप्स, र सधैं लोकप्रिय जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुनेछ ।​

 

यसैबीच, नेपालको सबैभन्दा प्रिय र भरपर्दो पिज्जा ब्रान्ड पिज्जा हटले विभिन्न प्रकारका टपिङहरू, स्वादिष्ठ पास्ता व्यञ्जनहरू र एपेटाइजरहरूका साथ आफ्नो प्रसिद्ध पिज्जाहरू उपलब्ध गराउनेछ ।​

पिज्जा प्रेमीहरूको लागि आफ्नो पिज्जा स्वादअनुसार अनुकूलन गर्ने विकल्प पनि रहेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार विराटनगरमा रहेको केएफसी र पिज्जा हट रेस्टुरेन्टले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम मापदण्ड कायम गर्ने छ ।

केएफसी स्टोर बिहान १० बजेदेखि राति १० बजेसम्म खुला रहन्छ । १५३४ स्क्वायर फीट क्षेत्रफलमा रहेको स्टोरमा ४५ जना व्यक्तिहरू सहज रुपमा बस्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस