सिनेमाघरमा शुक्रबारबाट ‘नाइँ नभन्नू ल–५’ र ‘रेनी’

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०७५, १७ : ००
सिनेमाघरमा शुक्रबारबाट  ‘नाइँ नभन्नू ल–५’ र  ‘रेनी’

चितवन ।  ब्रान्डका रुपमा स्थापित ‘नाइँ नभन्नू ल’ को पाँचौं शृंखला अर्थात् फिल्म ‘नाइँ नभन्नू ल–५’ ले शुक्रवारबाट देशैभरका हलमा प्रदर्शन आरम्भ गरेको छ । योसँग बक्सअफिसमा भिडन्तका लागि अर्को नेपाली फिल्म ‘रेनी’ पनि छ ।

गीत संगीत र ट्रेलरका कारण रिलिज अगावै दर्शकमाझ प्रतिक्षित बनेको ‘नाइँ नभन्नू ल–५’ लाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । निर्माण पनि उनकै रहेको छ । अभिनेत्री प्रियंका कार्की, नीरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का र बाल कलाकार अनुभव रेग्मी लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ । बाल कलाकारमा सेड्रिना शर्मा र अभिनेता  अभिषेक पनि यो चलचित्रबाट अभिनयमा डेब्यु गरेका छन् । इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको चलचित्र वान टाइम सिनेमाको ब्यानरमा बनेको हो । हरिबोल भण्डारी र गौरी जोशी निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान  र विष्णुमणी दाहाल रहेका छन् । निर्देशक आचार्य र पत्रकार सामिप्यराज तिमिल्सेनाको लेखन चलचित्रमा छ ।

त्रिकोणात्मक प्रेमकथाको जनरामा निर्माण गरिएको ‘रेनी’ लाई गिरिश रिजालले निर्देशन गरेका हुन् । बिमला मल्ल र सञ्जिव मल्लको निर्माण रहेको चलचित्रमा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साललगायतका कलाकारले अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस