टि २० सिरिजः हङकङबिरूद्द मैदानमा उत्रदैँ नेपाल

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, ०९ : ०४
टि २० सिरिजः हङकङबिरूद्द मैदानमा उत्रदैँ नेपाल

काठमाडौं । आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँछ । 

टी २० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपाल हङकङ बिरूद्द मैदानमा उत्रदैँछ । 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सो खेल हुनेछ । सो खेल बिहान ११ बजे सुरु हुदैँछ ।

पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।

टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस