मुर्गीयामा शुरू भयो दशैं सस्तो पसल​​

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १४ : १८
मुर्गीयामा शुरू भयो दशैं सस्तो पसल​​

बुटवल। सैनामैना व्यापार संघले मुर्गीयामा दशैं सस्तो पसल सञ्चालनमा ल्याएको छ ।राजमार्ग किनारको खाली ठाउँमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यसूचीसहित शुरू भएको सस्तो पसल तीन दिनसम्म चल्ने संघले जनाएको छ ।

सस्तो पसलको बुधवार बिहान एक समारोहबीच सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले शुभारम्भ गरेका हुन् । उनले सस्तो पसलमा राखिएको उपभोग्य सामान खरिद गरेर कार्यक्रम उद्‌घाटन गरेका थिए ।

 

 

व्यापार संघले सस्तो पसल शुभारम्भकै अवसरमा दशैं, तिहारलगायतका पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो ।सस्तो पसलमा नुन, तेल, चिनी, मसला, साबुन, सरफ, दाललगायतका दैनिक उपभोग्य सामान राखिएको संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवीदत्त सुवेदीले बताए ।

सकेसम्म सस्तो, सुलभ र सहज तरिकाले बजार सञ्चालनको पहल गरिएको सुवेदीको भनाइ छ ।चाडपर्वका अवसरमा अरू बेलाभन्दा धेरै वस्तुको उपभोग हुने भएकाले सस्तो पसल शुरू गरिएको संघका प्रथम उपाध्यक्ष दीपेन्द्र ढकालले बताए । 

 

उपभोक्ताहरूले सुविधाअनुसार र तोकिएको परिमाणमा सस्तो बजारबाट सामान किन्न सक्ने छन् ।संघका महासचिव भीम सुवेदीका अनुसार हरेक उपभोग्य वस्तुहरूको मूल्य सूची राखेर सामग्री बिक्री वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस