एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त​

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १३ : ०६
एनएमबि बैंकलाई २० मिलियन अमेरिकी डलर ऋण प्राप्त​

काठमाडौं। एनएमबि बैंक लिमिटेडले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ ।हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यलेअन्तर्राष्ट्रिय साझेदार डच इन्टरपेनर डेभलपमेन्ट बैंक (एफएमओ) बाट उक्त ऋण प्राप्त भएको बैंकले जनाएको छ ।​​​

 

बैंकका अनुसार एफएमओले प्रदान गरेको १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार र बाँकी रकम एमएसएमई विकाश र प्रबर्द्धनमा लगानी हुनेछ ।​

 

​एनएमबि बैंकले हाल देशभरि २०१ शाखाहरू, १५१ एटीएमहरू र १२ एक्स्टेन्सन काउण्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस