काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। साथै लुम्बिनी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कहाँ-कहाँ छ धेरै वर्षाको सम्भावना ?