दसैँ–तिहारको मुखमा मरमसलाको महँगी ४५.४६ प्रतिशत रहेको केन्द्रीय बैंकको दाबी

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०८०, १४ : ५०
दसैँ–तिहारको मुखमा मरमसलाको महँगी ४५.४६ प्रतिशत रहेको केन्द्रीय बैंकको दाबी

काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेकोमा यो वर्ष केही कमी रहेको बैंकले जनाएको हो ।

तथापि, मुख्य चाडपर्व दसैँ–तिहार तथा छठकै मुखमा (भदौमा) खाद्य तथा पेय पदार्थ समूह अन्तर्गतको मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने ४५.४६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, समीक्षा महिनामा चिनी तथा चिनीजन्यवस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत,खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्धपदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेण्ट तथा होटलको १०.९६ प्रतिशतले बढेको बैंकले जनाएको छ । समीक्षा महिनामा ध्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १३.०८ प्रतिशतले घटेको बैंकको भनाइ छ ।

यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथासंस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यसूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.११ प्रतिशत र फर्निसिब तथा घरायसीउपकरणहरुको ६.५९ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.१८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस