भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ६ वर्षदेखि भरतपुरमा शैक्षिक क्रान्ति भइरहेको बताएकी छन । भरतपुर १३ मा रहेको आधारभूत विद्यालय उज्जवल नगरको ६ कोठे विद्यालय भवनको शिलान्यास गर्दै उहाँले शैक्षिक क्रान्तिले शैक्षिक गुणास्तर वृद्धि हुदै गएको उल्लेख गरिन् ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाले शैक्षिक विकासका लागि विभिन्न ऐन कानुन, नीति, नियम, कार्यविधि निर्माण गरी मसिनो गरी शैक्षिक गुणस्तरका लागि कदम चाले अनुसार नतिजा प्राप्त भएको बताईन्। भरतपुरमा रहेका विद्यालयलाई मर्जरदेखि, भौतिक पूर्वाधार निर्माण, विद्यालयको श्रेणी वृद्धि लगायत विभिन्न समस्यालाई हल गरिएको स्मरण गरिन् ।अहिले भरतपुरको विद्यार्थीको संख्या ८ हजार पुगेको छ, उनले भनिन्, '१ सय जना विद्यार्थी भएको विद्यालयमा ४ सय पुगेको छ। नतिजा पनि सामुदायिक विद्यालयको उत्कृष्ट छ ।'
प्रमुख दाहालले शिक्षामा जस्तै अन्य क्षेत्र सडक पूर्वाधार, भौतिक पूर्वाधार, स्वास्थ्य भवन, सिँचाइका कार्यक्रम, स्मार्ट लाईट, ठुला ठुला खानेपानी आयोजनाहरु यही अनुपातमा निर्माण भएको बताईन्।भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर निर्माण गर्न यसको सौन्दर्यकरण तथा सरसफाईलाई अभियानका रुपमा अगाडि बढाईएको उनको भनाई छ ।भरतपुर महानगरपालिकामा केही पनि शिक्षाबाट बञ्चित विद्यालय, मस्तिष्क पक्षघात भएकाहरुलाई विद्यालयसम्म ल्याउन एटिजम विद्यालय र स्रोत केन्द्र सञ्चालनमा ल्याइएको बताईन् ।
आईतबार शिलान्यास भएको विद्यालयमा विद्यार्थी संख्या बढ्दै गए महानगरले थप भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताईन्।कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले विद्यालय निर्माणमा जनप्रतिनिधि, शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समिति र स्थानीय जनसमुदायको सकृय सहभागिता हुनुपर्ने बताए ।
उनले विद्यालयको लागि प्रयाप्त जग्गा र पूर्वाधार भएको खण्डमा विभिन्न प्राविधिक तथा स्नाकोत्तरसम्म कक्षा सञ्चालन गर्न सकिने उल्लेख गरे । यस्तै भरतपुर महानगरका शिक्षा अधिकारी महेन्द्र पौडेलले भरतपुरको शिक्षा विकासका लागि वैज्ञानिक ढङ्गबाट अघि बढेको जानकारी दिए । महानगरका विद्यालयहरुलाई थप स्मार्ट बनाउन निरन्तर अगाडि बढेको उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता