घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्व बढ्दै गएको बताएकी छन् ।
दाङको घोराही उपमहानगरपालिका-१५ मा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज घोराहीमा आयोजना गरेको विजया दशमीको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा भेटघाट गराउने माध्यम दिवा सेवा केन्द्र बनेको बताएकी हुन् ।
ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भएपनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेका, वृद्ध आश्रममा लगेर छोडेका घटना आउने गरेको भन्दै त्यस्ता घटनालाई रोक्नका लागि पनि दिवा सेवा केन्द्रले सहयोग पुर्याउने बताइन् । यसका लागि आधारभूत सेवासहितका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको भन्दै मन्त्री शर्माले आगामी बजेटमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्राथमिकतामा राख्ने बताएकी हुन् । उनले अव बन्ने दिवा सेवा केन्द्रलाई भेटघाट गर्ने थलोसँगै ज्येष्ठ नागरिकको शारीरिक र मानसिक उपचार गर्ने स्थलका रूपमा विकास गरिनुपर्ने बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ असोज २०८०, २० : ४१
लेखकबाट थप